विद्यार्थी आन्दोलनप्रति बदलिएको अपेक्षा, विद्यार्थी आन्दोलन र परिवर्तित आवश्यकता

नेपाली विद्यार्थी आन्दोलन विविध आयाम र उतारचढाव पार गर्दै आजको अवस्थासम्म छ। मुलरुपमा विद्रोही छवि र इतिहासको मात्र बढी चर्चा गरिने विद्यार्थी आन्दोलनका आयामबारे पनि कुरा उठ्नु उत्तिकै सान्दर्भिक हुन्छ। विद्यार्थी आन्दोलनको इतिहास विरासत हो र वर्तमान औचित्य पुष्टि गर्ने समय।

वामपन्थी विद्यार्थी आन्दोलन जसरी जन्मियो, राजनीतिक परिवर्तनमा जे जस्तो भूमिका खेल्यो र विद्यार्थी हकहितमा उसले पुर्याएको योगदानको समग्र मूल्यांकनले मात्र यसका सवै आयाम बुझ्न सकिन्छ। विगतमा विशेषतः अनेरास्ववियूलाई टायर बाल्ने वा ढुंगा हान्ने संगठनका रुपमा मात्र बुझियो। यसलाई यसैगरी मात्र बुझियो भने एकांकी हुन्छ। आन्दोलनको स्वरुप तत्कालीन राज्यसत्ताको व्यवहार र सोचमा भर पर्छ।

जायज माग सम्बोधनमा ढिला हुँदै जाँदा आन्दोलनको सरलबाट बक्रबाटोमा हिड्ने आममान्यता हो। आन्दोलनका स्वरुप र यसका कार्यक्रम तत्कालीन आवश्यकता अनुसार छनोट हुन्छन्। तत्कालीन आवश्यक्ता पूर्ति र विद्यार्थीको समग्र हितलाई ध्यानमा राखेर नै आन्दोलन हुन्छ। आन्दोलन रहर होइन, बाध्यताको उपज हुन्छ।

इतिहासकै पाना पल्टाउने हो भने जतिबेला अनेरास्ववियू सडकमा राज्यबिरुद्ध नाराबाजी गर्दै थियो, पुलिसका लाठी खोस्दै थियो, त्यतिबेला निरंकुशता थियो। पसिना मात्र होइन रगतसमेत बगाउन तयार भएर आन्दोलनमा उत्रिनु कसैको पनि व्यक्तिगत जीवनको चाहना हुँदैन। यसमा समग्र विद्यार्थीको हित र उनीहरुको भविष्यको चिन्ता अन्तरनिहीत हुन्छ।

सडकमा राज्य विरुद्ध नाराबाजी गर्नु अनेरास्ववियूको तत्कालिन आवश्यकता थिायो। देशमा निरंकुशता भएपछि जनअधिकार सबै हनन् भए। जनताका अधिकार फिर्ताका लागि अनेरास्ववियूले गरेको नाराबाजी, राखेका माग र आन्दोलन त्यतिबेलाको आवश्यकता हो र सोही अनुरुप कार्यक्रम छोनोट गरिएको थियो। यो सच्चाई भुल्नु विद्यार्थीको गौरवपूर्ण आन्दोलनमाथि अन्याय हुन्छ।

शिक्षा क्षेत्रलाई कसरी बाहिर ल्याउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहेकै छ। समाधानका निम्ति अनेरास्ववियू लागिपरेको छ। शैक्षिक सत्र ‘कोल्याप्स’ नहोस भन्नका लागि छलफल जारी राखेको छ। संगठनमा औपचारिक छलफलसँगै यसले एउटा स्वरुप लिनेछ । आशा गरौँ छिटै समाधान निस्कने नै छ। र, यसका लागि हरेक सदस्यले सकरात्म कढंगले सोचौँ, भूमिका खेलौँ । विद्यार्थी आन्दोलनको आवश्यकता हो ।

यद्यपी यो सवै विगत हो, गौरव हो र हाम्रो विरासत। तर, यही विरासत बेचेर पुरानै तौरतरिकाले विद्यार्थी आन्दोलन चलाउँदा त्यसले भविष्यको मार्गचित्र कोर्दैन। आज राजनीतिक परिस्थिति र व्यवस्था फेरिएको छ। लोकतान्त्रि विधिबाट चयन भएको नागरिक सरकार छ। राजनीतिक अस्थिरताले लामो समय थलिएको मुलुकमा स्थायीत्व दिने कोशिष भएको छ। स्थानीय तहमार्फत जनताले आफ्नै घरदैलोमा सेवा पाएका छन्। यसबाट विद्यार्थी पनि लाभान्दित भएका छन्।

विद्यार्थी आन्दोलनमा एउटा महत्वपूर्ण मुद्दा राष्ट्रियता हुन्थ्यो। अहिले रास्ट्रियताका सवालमा ठूला र अभुतपूर्व निर्णय भएका छन्। आँटका साथ निर्णय लिन सक्ने सरकार छ। स्वभााविक रुपमा अनेरास्ववियूको भूमिका सरकारको स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा लिएको अडानलाई सघाउनु नै हुन्छ।

मुलुकको प्रतिष्ठा फर्काउन र छिमेकबाट भएका हेला–होचो बिरुद्ध लडिरहेको सरकार र यसको नेतृत्वलाई सघाउनु नै हुन्छ। कालापानी हाम्रो हो भनेर विद्यार्थीले धेरै आन्दोलन गरे। अहिले नेपाल सरकारले नक्सा जारी गरेर राष्ट्रियताको पक्षमा एउटा बलियो र दीर्धकालीन महत्वको कार्यभार पूरा गरेको छ।

अनेरास्ववियू सधैं भाँडभैलो मात्र चाहने संगठन होइन। विकाश र समृद्धिको बाटोबाट मुलुकलाई अन्त धकेल्न चाहने संगठन पनि होइन्। अनेरास्ववियू मुद्दालाई ठीक र बेठिकको तराजुमा नापेर एकएक कदम अगाडि बढ्ने संगठन हो।

यतिबेला देशमा यो वा त्यो बाहानामा अस्थिरता निम्त्याउन मात्र खोज्ने प्रवृति छ। अनेरास्ववियू त्यसको विपक्षमा छ। मुलुकको हित र आवस्यकता अनुसार निर्देशित हुने संगठन हो अनेरास्ववियू। त्यसैले अहिलेको आवश्यकता पहिचान गरेर पूर्णरुपमा देशमा स्थायित्वको लागि सरकारको पक्षमा छ अनेरास्ववियू। यो कुनै उरन्ठेउलो संगठन होइन।

यसले मुलुकको अधिकतम हितलाई केन्द्रमा राखेरमात्र योजना र कार्यक्रम बनाउँछ। यो अनेरास्ववियूको कर्तव्य पनि हो र अहिलेको आवश्यकता पनि।
वर्तमान राजनीतिको ठूलो हिस्सा बिद्यार्थी आन्दोलनले ओगटेको छ। नेतृत्वमा पनि विदार्थी आन्दोलनको विरासत बोकेका नेताहरुको बाहुल्यता हुँदैछ। विद्यार्थी आन्दोलनको पनि ठूलो हिस्सा अनेरास्ववियूले ओगटेको छ, किनभने यो देशको सवैभन्दा ठूलो बिद्यार्थी संगठन हो। वामपन्थी विद्यार्थी आन्दोलनबाट उठेर वर्तमानको नेपाली राजनीतिमा कृयाशिल राजनेताको संख्या पनि उत्तिकै छ।

कतिपयलाई शंका छ–अहिले विद्यार्थी आन्दोलन चरम बदनाम भयो, नसच्चिने गरी भ्रस्टिकरणतर्फ गयो। तर, यो विश्वास गर्न योग्य छैन। सस्तो लोकप्रियताका लागि कसैले बोल्छ र लेख्छ भने त्यो फरक हो। हो विद्यार्थी आन्दोलनमा कमीकमजोरी छन्, सुधार्न आवश्यक पनि छ। यसका द्विविधा छैन।

तर, कमजोरी सुधार्ने हो, सच्याउने हो, रोइकराइ गर्न छाडेर आन्दोलनलाई सही र ठिक दिशा दिन भूमिका खेल्ने हो। संगठनभित्रै छलफल गरेर यसलाई हल गर्न सकिन्छ। हलै हुन नसक्ने गरी केही बिग्रिएको छैन। सस्तो लोकप्रियताका लागि अनावश्यक बहस र हल्लाखल्ला गर्नुभन्दा अहिले आन्दोलनलाई अधिकतम रचनात्मक र जनपक्षिय बनाउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता हो।

यतिबेला कोरोना महामारीले विश्वको शिक्षा क्षेत्रमा कहिलै परिपूर्ति हुन नसक्ने गरी क्षति पुर्याएकोमा कसैको दुईमत नहोला। महामारीको क्रममा इतिहासमा सामना नगरिएको स्तरमा समस्या देखा परे। यो अनपेक्षित थियो। यतिबेला त बिद्यार्थी संगठन मात्र होइन सिंगो समाज नै एक खालको अन्योलताबाट गुज्रिरहेको छ।

विश्वभरिकै सत्ता र सरकार नै गम्भिर अलमल छन्। बिकसित मुलुकका शैक्षिक गतिबिधी नै प्रभावित भएको छ। छिमेकी भारतमै पनि शैक्षिक क्षेत्र तहसनहस छ। बैकल्पिक पठनपाठनको पुर्वाधार र पद्धति नभएको हाम्रो जस्तो मुलुकको शिक्षाबृत्तमा समस्या छैन भन्ने होइन। अन्यत्र भन्दा निश्चय नै बढी समस्या छन् ।

यसबाट शिक्षा क्षेत्रलाई कसरी बाहिर ल्याउन सकिन्छ भनेर चिन्तन मनन् गरिरहेकै छ। समाधानका निम्ति अनेरास्ववियू लागिपरेको छ। शैक्षिक सत्र ‘कोल्याप्स’ नहोस भन्नका लागि छलफल जारी राखेको छ। संगठनमा औपचारिक छलफलसँगै यसले एउटा स्वरुप लिनेछ । आशा गरौँ छिटै समाधान निस्कने नै छ। र, यसका लागि हरेक सदस्यले सकरात्म कढंगले सोचौँ, भूमिका खेलौँ । विद्यार्थी आन्दोलनको आवश्यकता हो ।

(लेखक अनेरास्ववियू नेतृ हुन्)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो