काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित, १ जनाको मृत्यु

डिसी नेपाल
२६ भदौ २०७७ १६:३७

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२८ महिला र ४६८ पुरुष गरी थप ६९६ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६२० (१९४ महिला, ४२६ पुरुष), भक्तपुरमा ३८ (१७ महिला, २१ पुरुष), ललितपुरमा ३८ (१७ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षिय पुरुष रहेका छन्।

उपत्यकामा बिहिबार ५७६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको छ।

हेर्नुहोस आजको कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *