नेकपाको विवाद सकियो, चैतमा महाधिवेशन हुने

डिसी नेपाल
२६ भदौ २०७७ १८:१२

काठमाडौं। गएको असाढ १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्किएको विवाद बिहीबर सम्पन्न भएको स्थायी कमिटी बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन पारित गरेसँगै विधिवत् रुपमा मिलेको छ। नेकपाको बिहीबार बैठक उत्साहपूर्ण रुपमा सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन्।

बिहीबार सम्पन्न बैठकले अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। पारित प्रतिवेदनमा पार्टी भित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षको भूमिका परिभाषित गरिएको छ। अध्यक्ष ओलीले पाँच वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दै त्यसैमा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी प्रति केन्द्रित हुने नेकपाले निर्णय गरेको छ। अब प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष बनेका छन्।

यस्तै प्रधानमन्त्री ओली नेपालको लोकतान्त्रिक इतिहासमा आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री हुने देखिएको छ। करिब दुई तिहाई बहुमत भएको नेकपामा ओली र दाहालबीच विवाद हुँदा प्रधानमन्त्री ओली दबाबमा परेका थिए। तर अब उनीहरुबीच सहमति भएसँगै पारित भएको प्रतिवेदनले दुई अध्यक्षको भूमिका निश्चित गरेको छ।

यस्तै नेकपाको पहिलो महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ। र त्यसको कार्ययोजना बनाउन आगामी कार्तिक १५ गते केन्द्रीय कमिटी बैठक बस्ने र मंसिरमा संगठित सदस्यता वितरण तथा नविकरण गर्ने निर्णय गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *