मीहाङ र चाइना टाउन (कथा)

चन्द्रागिरिको हेलिप्याडमा हेलिकोप्टर रोकेर उनीहरु त्यहाँका दर्शनीय स्थल घुमफिर गरेर एउटा कफी–हाउसमा पसे। ‘अंकल, हजुरको निद्रा मिलेको छैन क्यार! घुमफिर गर्न सजिलो होला के!’ सुहाङले प्रसँग कोट्यायो।

‘प्लेनमा पनि सुतेरै आएको हुँ। त्यति असजिलो छैन। फेरि यहाँ पनि सुतें। यहाँको सुताइमा चिन्ता हुन्न। थोरै सुते पनि निद्रा पुगिहाल्छ। मजाले घुम्न हेर्न सकिन्छ। चाइना टाउनको चर्चा खूब हुन्छ बरु एक झल्को हेरौँ कि भन्छु।’

‘हो अंकल, कुनै खोट पनि छैन र कुनै कमी पनि देखिँदैन। अत्यन्त व्यवस्थित छ। वस्तुगत र वैज्ञानिक पनि । एउटा नमूना नै हो यो।’  ‘अकस्मात् कसरी यत्रो योजना सम्पन्न भो त? गजब होइन्? त्यो पनि इण्डियाले आँखा खोलेकै बेला!’

‘इण्डियाले तर्छाउन र उत्पीडन दिन नछोडेको भए नेपालमा चाइना टाउनको विकास हुने थिएन। यसलाई इण्डियाको नागवेली सहयोग ठान्नुपर्छ र उसको वक्र नीतिप्रति प्रशस्ति ज्ञापन गर्नुपर्छ ।’

‘सुहाङ भाइ, यस्तो योजना जन्माउन र सफल पार्न त कसैको अग्रसरता होला नि ! सरकारको काम त पक्कै होइन, पाइला पाइलामा भाड्नेले के योग पु¥यायो होला र ?’
‘अंकल यो त ‘आँप मैले फलाएँ’ भनेजस्तै हो । माटो, जीवन र संस्कृतिमाथि सबैबेला एउटैको अधिकार र नियन्त्रण रहन्छ र ! फरक ढंगले सोचेर नै यो कार्य सफल पारेको हो कि भन्ने ठान्छु । जसरी कथित नेताले गुप–चुप सन्धि, संझौता र हिसाबकिताब गरेर देशको दुर्दशा पारे, ठीक त्यसको विपरीत मिहाङले राष्ट्रको रक्षामा आफूलाई उत्सर्ग गरे । उनका योजनाबाट रिसाएर आततायीले उनलाई धराप थापेर मारे ।

‘बडो मार्मिक कुरा गर्नुभो भाइ । यी मिहाङ को हुन्?’

‘ए, सँच्चि अंकल उहाँलाई चिन्नुहन्नु थ्यो? छोटकरीमा भन्ने हो भने ताप्लेजुङको पालुंवा पञ्चायतकालमा मन्त्री हुनुहुन्थ्यो नि!’

‘हो, चन्द्रबहादुर हो क्यार! उहाँ त प्लेन दुर्घटनामा पर्नुभो क्यार।’

‘हो उहाँ कै नाती हो–मीहाङ। उहाँकै देन हो चाइना टाउन।’

‘कसरी सफल हुनु भो त उहाँ? मेलम्चीको पानी आउन नदिने राज्यनीतिभित्र ‘चाइना टाउन’को योजना पूरा हुनु भनको सामान्य कुरा हो र! यो त गजब हो नि!’
‘अंकल म हजुरलाई आधा गुगल म्यापबाट देखाउँछु र आधा आकाशबाट हुन्न ?’

‘हुन्छ ।’

सुहाङले गुगल खोलेर देखाउँदै– औल्याउँदै गयो। भन्योः अंकल यो पूर्वपश्चिम महेन्द्र राजमार्ग। त्यसको दक्षिणतर्फ झन्नै तीन माइल पर ठाउँ ठाउँमा रेखाङ्कित समानान्तर राजमार्ग। यसमा घना बस्ती बसाइएको छ जसमा भूकम्प, बाढी, पहिरो र सरकारबाट पीडित चेपाङलाई व्यवस्थितरुपमा राखिएको छ।

अंकल, यो योजनाबाट बालकले स्कुल भेटे, जवानले काम खोजे र बुढा–बुढीले उपचार पाए। यिनको मूल भूमिमा एनआरएनले आधुनिक वस्तीको विकास गरेर ५० प्रतिशत नाफा भू–पतिलाई नै दिएको छ। कृषि, पशुपालन र घरेलु उद्योगबाट स्थानीय जनता लाभान्वित भएका छन्।

हस्तिनापुरको पत्रकारिता सत्य बोल्न चाहँदैन। भ्रम फैलाउनु उसको प्रवृति हो। तर हामी नराम्रो मान्दैनौं। इण्डिया हाम्रो भाइ होइन र समकक्ष पनि छैन। पाकिस्तानभन्दा कान्छो र श्रीलंकाभन्दा केही जेठो मात्र हो। गुलामसँग गुलामको बराबरी होला। त्यस कुरामा हाम्रो विरोध छैन । त्यसैले मर्यादामा रहेर संवाद गर्नु राम्रो । पहिलो तिमी आफ्नो झण्डा ब्रिटेनको झण्डाको उचाइमा त पुर्याऊ अनि बराबरीको कुरा गरौंला। यदि स्वतन्त्र मुलुक र गुलाम भएको मुलुक कतै बराबरी मानिएको भए नजीर देखाऊ । त्यसैले असल कुरामा संवाद गरौं, विवाद होइन।

अब सिमाना क्षेत्रतर्फ हेरौँः यो हुलाकी बाटो हो र यसको उत्तरतर्फ दुई माइलभित्र अर्को राजमार्ग हो। यो ६ लेनमा छ। यसैमा पर्छ चाइना टाउन। राजनीतिसँग असंपृक्त रहेर मीहाङले प्रशासनसँग मित्रता गाँसेर आफ्नो संकल्प पूरा गरिछाडे।

बजार एकातिर छ र आवासीय क्षेत्र अर्कातिर। फेरि वारुणयन्त्र, बैंक, हुलाक, प्रहरी चौकी, उपचार केन्द्र, थियेटर, रेस्टुराँ, रात्रि क्लब, मनोरञ्जन केन्द्र, बाल उद्यान, प्रसाधन कक्ष, पौडी कक्ष, कार्गो सेन्टर र भिन्न–भिन्न उद्देश्य र प्रकृतिका पार्किङ ठाउँहरु छन्।

‘अंकल बाहिर धेरैतिर घुम्नु भएको छ। अब यहाँ पुगेर घुमेपछि कस्तो छ हाम्रो चाइना टाउन हेर्नुहाला नि! मलाइ त प्रवेशद्वार हेरेरै अर्कै संसारमा पुगें भन्ने लाग्यो। यसलाई राजनीतिमुलक दुर्नीतिको सकारात्मक प्रतिफल हो भन्ने लाग्छ मलाइ। तैपनि एउटा कुरा मैले बुझ्न सकिन अंकल।’

‘के कुरा ?’

मेचीदेखि महाकाली र दोधारा–चाँदनीमा समेत यस्ता टाउन खोलिएका छन्। किन्तु सीमा–द्वार पुरानै कायम छन्। सुरक्षाका दृष्टिले या राज्यको नीति बुझेर हो थाहा हुन सकेन। रमाइलो कुरा के भने जहाँबाट पस्यो त्यतैबाट निस्कनुपर्छ।

अंकल, कन्काईदेखि कर्णालीसम्मका साना ठूला सबै नदीको उपयोग गरिएको छ। सुरुङ गरेर सुनकोशीको पानी ल्याएर वितरण गर्नु कसरी सामान्य कुरा ठान्नु? मेलम्ची नेताका लागि दुहुनु गाई बनेको प्रमाण मेटिन्छ र? पहाडको पेटी–पेटीबाट सिंचाइ र जलमार्गको विकास यसैको अर्को अंग हो। अब त्यतै लागौं र आँखाभरि हेरौं।

‘कति वटा टाउन छन् ?’

‘प्रत्येक जिल्लामा एक–एक तर बाँके, बर्दिया तथा कैलाली र कन्चनपुरमा दुई–दुई टाउन छन्।’ सुहाङले ल्यापटप बन्द ग¥यो र थप्योः अंकल, कताबाट जाउँ त ?’
‘मैले आशय बुझिन“।’

‘यदि जापान सरकारले बनाइदिएको बाटो हेर्नुभएको छैन भने बनेपा पुगेर दक्षिणतर्फ लागौँ। सुनकोशीको आकाशबाट बिपी राजमार्गको दृश्य अवलोकन गर्दै जाऊँ। बडो मन खुल्छ।’

‘हुन्छ त्यसै गरौँ ।’

आकाश मार्गबाट औँल्याउँदै सुहाङले भन्योः यो महेन्द्र राजमार्ग हो, त्यो पल्लो टुक्रा टुक्रामा रेखांकित अर्को राजमार्ग हो। यसैमा बसाइएका हुन् स्थानान्तरण गरेर ल्याइएका बेघर नागरिकहरु। अब हामी चाइना टाउनको आकाशमा पुग्न लाग्यौं।

आकाशबाटै एक परिक्रमा लगाएर विहङ्गावलोकन गरेपछि चाइना टाउनको दक्षिणपूर्व कुनाको हेलिप्याडमा उनीहरु ओर्लिए। बीएमडब्लू जीप चढेर बजार र आवास क्षेत्रमा घुमे। गुम्बा र मन्दिरमा झुके। निर्मित उपवनमा पुगे। बाल–उद्यान पसेर रमाए।

फेरि सिनेमा घरमा पुगे। एउटै घरमा चारवटा मूबी एकै समयमा चल्थे। नेपाली, मैथिली र भोजपुरी प्रत्येक दिन दुई शो अनि नेवारी, लिम्बु, गुरुङ, तामाङ, मगर भाषमा प्रत्येक दिन एक शो अनि चाइनिज तिब्बती र अंग्रजी सिनेमालाई हप्ताको तीन तीन शोको कार्यतालिका थियो त्यसबेला। सिनेमा घरको भौतिक स्वरुप र मूवीको समय सूची बुझेर फर्किए। एकछिन मोनोरेल चढेर शहर र आवास क्षेत्र घुमे। दुनियाँ रमाएका देखेर आफू पनि रमाए।

फेरि लन्चका लागि चाइनिज रेस्टुराँमा पसे।  सम्पूर्ण चाइना टाउन चिनियाँ कला मिश्रित पेगोडा शैलीमा थियो, लाग्थ्यो वनदेवीको सिर्जना हो।

फर्कदाँ उडानबाटै सीमा स्तम्भको अवलोकन गरे। भिडियो क्यामेरा र दुरवीक्षण यन्त्रको यथेच्छ उपयोग गरे। मौका हेरेर सुहाङले सोध्योः अंकल, यस्तो काम कसरी र कसले गर्यो भन्ने कुरा मनमा चलिराख्या होला नि? खै बोल्न छाड्नु भयो नि!

‘अब त मैले जान्नु मात्रै छ। बोल्नु केही छैन। कल्पनाभन्दा माथि छ।’

‘अंकल, मीहाङको प्रसंग अब जोड्दा सन्दर्भले पूर्णता पाउँछ।’

‘हो त्यही जान्न म आकुल छु।’

‘उहाँ राजनीतिक प्राणी त हो, तर राजनीतिलाई समाज राष्ट्रको नियमनका लागि उत्थान र आरोग्यका लागि उपयोग गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो। म सम्झन्छु उहाँ आफ्नो धारणामा प्रतिबद्ध हुनुहुन्थ्यो। त्यसैले चाइना टाउनको योजना अग्रसर गरेर आफ्नो संकल्प पूरा गर्नुभयो।

‘कस्तो संकल्प ?’

‘नागरिकताको मुद्दा सधैका लागि सिल गर्ने। अर्थात् नागरिकताको विषयलाई लिएर संविधान संशोधन गर्ने कुरा फेरि कहिल्यै उठेन। एकपटकको अंगीकृतले सधै अंगीकृत नै जन्माउँदै जाने शर्त मन्जूर गरे। त्यसपछि न चिमोट्दा कसैलाई दुख्यो न कोही ब्युँझ्यो। सडक, संसद र विवाह मण्डप सब चूप! सिगात्सेले जुँगामा ताउ दियो, हस्तिनापुरले जुँगा झार्यो। गजब होइन!’

अर्को राजसंस्था रहुन्जेल नेपालले इण्डियालाई टेरेको थिएन। थिचेरै राखेको थियो। अहिले टाउको विनाको शव नदीमा ढाडिए झैँ स्वरुप बढाउन खोज्यो। उसले आफ्नो साइजमा बस्न सक्नुपर्छ । उसलाई साइजमा पु¥याउने यो मनोवैज्ञानिक यन्त्र हो।’

‘पाकिस्तानभन्दा कान्छो होइन इण्डिया? हामीसँग नसोधी युद्ध गर्ने? चीन हाम्रो छिमेकी, पाकिस्तान उसको छिमेकी, श्रीलंका हाम्रो मित्र हामीसँग नसोधी युद्ध गर्न मिल्छ? इण्डियामा हाम्रा मान्छे छन्। नेपालीहरु सेनामा छन्, श्रमिक, व्यापारी र बुद्धिजीवी छन्, अनि एक वचन नेपाललाई सोध्नै नपर्ने? पश्चिम पहाडको सीमा सडकको निर्माण र उद्घाटन पनि हाम्रो जानकारी विना ! युद्धको विमान किन्दा हामीसँग स्वीकृति लिएको खै? गुलामसँग हाम्रो बराबरी हुनसक्छ?’

‘चाइना टाउन निमार्ण हुन थालेपछि पनि दैनिक जमुना तरङ्गले भारतीय मूलका बासिन्दालाई दवाउन खोज्यो भनेर चिनियाँ ठेकेदारलाई ठेक्का दिएकोमा खूब विरोध गर्यो। तर हाम्रो कर्णाली दैनिकले कर्नालको हुंकार छाप्योः चिनियाँ अनुहारमा देखिने अनुहार हाम्रै छोरा–बुहारी र ज्वाईं चेली हुन्। हस्तिनापुरको पत्रकारिता सत्य बोल्न चाहँदैन। भ्रम फैलाउनु उसको प्रवृति हो। तर हामी नराम्रो मान्दैनौं। इण्डिया हाम्रो भाइ होइन र समकक्ष पनि छैन।

पाकिस्तानभन्दा कान्छो र श्रीलंकाभन्दा केही जेठो मात्र हो। गुलामसँग गुलामको बराबरी होला। त्यस कुरामा हाम्रो विरोध छैन । त्यसैले मर्यादामा रहेर संवाद गर्नु राम्रो। पहिलो तिमी आफ्नो झण्डा ब्रिटेनको झण्डाको उचाइमा त पुर्याऊ अनि बराबरीको कुरा गरौंला। यदि स्वतन्त्र मुलुक र गुलाम भएको मुलुक कतै बराबरी मानिएको भए नजीर देखाऊ । त्यसैले असल कुरामा संवाद गरौं, विवाद होइन।’

‘जुन देश आफ्ना देशका नागरिकलाई चाइनिज देख्छ, भन्छ, त्यो देशले अरुलाई के नभन्ला । चिनियाँ नागरिक इण्डियामा कति छन्, त्यसको गणित छ?’
‘भारतका अच्छा कुराहरु इण्डियाले खत्तम पार्यो।’

‘भाइ सुहाङ अर्कै कथा पो थपियो त! निर्माण विधिबारे कुरा हरायो नि।’

‘हजुर, मीहाङ राजनीतिक व्यक्ति त हुनुहुन्थ्यो, तर उहाँले राजनीतिक विकास र जीवन सापेक्ष बनाउनु भयो।’

‘त्यो कसरी?’

‘उहाँ उन, सुन र नुनको व्यापारी पनि हुनुहुन्थ्यो। औषधि र मुगाको पारखी पनि। धरान, सीवाँ गोला र ल्हासामा उहाँका कार्यालय र कारिन्दा थिए। चिनियाँ र तिब्बती भाषा बराबर बोल्नु हुन्थ्यो। उहाँले नै उताका मान्छेसँग कुरा गरेर चाँजो मिलाउनु भयो। यतातर्फ आफ्नो जिल्लाका प्रजिअसँग संवाद गरेर देशको रक्षाका लागि आफ्नो योजना पूरा गर्ने जनशक्ति उताबाट भित्र्याउनु भयो । शायद सन्तुलन कायम गर्न यो कदम अनिवार्य भएको थियो। आखिर उहाँ आफ्नो उद्देश्यमा सफल हुनुभयो।’

‘कसरी, कसरी ? कस्तो जनशक्ति ?’

‘चिनियाँ चेलीहरु बुहारी भएर, युवकहरु ज्वाई भएर यहाँ भित्रिए। नेपाली युवकसँग प्रौढ महिला पनि विवाह गरेर आए। घुम्न आएका युवकहरु यहाँका नेपाली छोरीसँगै बसे। फेरि तिनका नातेदारहरु छानिएरै आए। तर त्यस्ता मात्रै आए जोसँग कुनै किसिमको दक्षता होस्।’

‘कस्ता कस्ता आए त?’

‘सिभिल, सिंचाई, कृषि विद्युत आर्किटेक्स, वाटर सप्लाइसम्बन्धी विज्ञहरु, सिकर्मी, डकर्मी, रंगकर्मी, बगैँचे, विभिन्न क्षेत्रका विज्ञ चिकित्सकहरु आए। कम्प्युटर विज्ञ नै थिए।

वास्तवमा मीहाङको अनुरोधमा उताका सरकारले सहयोग पठाइदिएको हो। सजिलोको लागि वैवाहिक सम्बन्ध कायम गरिएको हो। सीमा क्षेत्रमा योजना कार्यान्वयन गर्नुपर्ने हुँदा यो वाञ्छनीय नै थियो भन्ने लाग्छ।

‘भनौै, माटो र समय हाम्रो, शीप, चेतना जाँगर र आत्मविश्वास उनैको हो। यी सबै निर्माण सामग्री उतैका हुन्। इटा, ढुंगा, बालुवा र पानी हाम्रो अनि थोरै बाहिरी मजुदुर हाम्रो। हामीले यिनलाई केही दिनुपर्दैन कागज बाहेक। हामीप्रति चीनको भावना कस्तो छ अब पनि बुझ्न बाँकी छ र!’

हामीसँग त्यो भिडियो पनि होला कतै। एकपटक त भाइरल भएको थियो। हाम्री बुहारीले सीमा स्तम्भ कति छिटो गाडी तपाईँलाई विश्वास गर्नै कठिन होला। उसले आफै हेभी मेशिन चलाई। सात मिनेटमा खाडल खनी, अर्को मेशिनले पाँच मिनेटमा स्तम्भ गाड्यो र दश मिनेटमा जग पुर्यो। एवं रितले एक दिनमा पचासौं स्तम्भ उभ्याइए।

अनि यस्ता मेशीन कहाँबाट आए?

‘उनैले दाइजो ल्याएका हुन्। कति त माइतीले सहयोग पनि गरेका हुन्।’

‘यो त च्यालेन्ज भएन र रोटी बेटीको नारालाई!’

‘हैन च्यालेन्ज त बराबरीमा पो हुन्छ । उदाहरण चाइना टाउन छिर्ने मुख्य प्रवेशद्वारलाई नै हेरौं न! यिनको भव्यताले उदारता र उदात्त संस्कृति झल्काउँदैन र! संसारका मुख्य शहर, जहाँ चिनियाँ जाति बसेको छ, यस्तै द्वारले हाम्रो स्वागत गरेका छैनन् र?’

ए त्यसो भए त नांगिनु छ, समस्याको बोझले किचिनु छ भने उताकी बुहारी ल्याए भो। हैन कर्मठ र इमान्दार चाहियो भने यताबात ल्याए भो। अब त प्रश्न उठ्ने भो चुरा, पोते, सिन्दूर साडीवाली पुतली बुहारी चाहियो कि मात्र लुगा लगाउने सादा बुहारी?’

‘अब देशको रक्षा सीमा विवाद उल्झाउनेबाट हुन्छ कि सीमा स्तम्भ उभ्याउनेबाट? मनलाई सोधे उत्तर नमिल्ला र!’ ‘मीहाङले चाइना टाउनको परिकल्पना किन गरे औचित्य सिद्ध गर्न सकिन्छ? मिल्छ? मुक्तिको खुसीले बौलाएको कुकुर बारम्बार तिमीलाई आक्रमण गर्छ भने के गर्छौ?’

तर मीहाङको प्रतिमा उभ्याउनु छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो