कोशी अस्पताललाई मेसिन हस्तान्तरण

डिसी नेपाल
२७ भदौ २०७७ ७:५१

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेका हुन्।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु. ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो।

यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.चुमनलाल दासले बताए। मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ।

महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *