कोरोनाभाइरसविरुद्ध केले दिइरहेछ इम्युनिटी ? मानिसहरु गम्भीर बिरामी पर्न छाडे

डिसी नेपाल
२८ भदौ २०७७ १३:१९

काठमाडौं। मानिसहरुलाई फेस मास्कले कोरोनाभाइरसविरुद्ध इम्युनिटी प्रदान गरिरहेको र यसकै कारण मानिसहरु गम्भीर बिरामी पर्नबाट बचिरहेको एक प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशित शोधमा विशेषज्ञहरुले बताएका छन् । न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधमा विशेषज्ञहरुले फेस मास्कले मानिसहरुको मृत्युदर घटाइरहेको र ठूलो मात्रामा संक्रमितहरु एसिम्प्टोम्याटिक (लक्षणरहित) पाइएको हुन सक्ने बताएका छन् ।

वैज्ञानिकहरुको यो तर्क केवल सैद्धान्तिक मात्रै हो तर विज्ञहरुले यो तर्कलाई विश्वसनीय हुन सक्ने बलियो आधार भएको बताएका छन् । डाक्टरहरुले यो सिद्धान्त मात्र भएको र यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएका छन् । ब्रिटिश टेलिग्राफमा प्रकाशित रिपोर्टअनुसार एकेडेमिक्सका अनुसार मास्कले अन्जानमै मानिसहरुलाई इम्युनिटी दिइरहेको हुन सक्छ र यसका कारण मानिसहरु कम बिरामी परिरहेका छन् । यद्यपि वैज्ञानिक रुपले यो सिद्धान्त अझै प्रमाणित भएको छैन ।

एकेडेमिक्सहरुले यो थ्योरी प्रमाणित गर्न सकिने अपेक्षा गरेका छन् । उनीहरुका अनुसार मास्क लगाएका कारण समुदायमा धेरै मानिसहरु संक्रमित भएर पनि बिना लक्षणका छन् किनकि मास्कका कारण भाइरस निकै कम मात्रामा मात्र उनीहरुसम्म पुगिरहेको छ । केही अध्ययनमा यस्ता संकेत पनि पाइएका छन् कि व्यक्ति सुरुमा संक्रमित हुँदा भाइरसको जति मात्राबाट संक्रमित हुन्छ त्यसको आधारमा यो तय हुन सक्छ कि ऊ कति बिरामी हुन्छ ।

यो सिद्धान्तलाई प्रमाणित गर्नको लागि भने क्लिनिकल अध्ययन गर्नुपर्ने आवश्यकता हुन्छ । अर्जेन्टिनाको एक जहाजमा सवार यात्रीहरुमा यस्तै अध्ययन गरिएको थियो । यस क्रममा जो मानिसहरुले एन ९५ मास्क लगाएका थिए उनीहरुमा बिना लक्षण संक्रमित हुने दर ८१ प्रतिशत थियो । तर, यसअघिका अन्य जहाज जसमा मानिसहरुले मास्क लगाएका थिएनन् ती जहाजमा बिना लक्षण संक्रमित हुनेहरुको दर केवल २० प्रतिशत मात्र थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *