विदेशमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २४३ पुग्यो

डिसी नेपाल
२८ भदौ २०७७ ११:५६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २४३ पुगेको छ । यो साता विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको पुष्टि भएको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार मिार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ । त्यस्तै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको उनले बताए ।

विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण नेपालीले ज्यान गुमाएका छन् । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *