रुसले कोरोना भ्याक्सिन विदेश पठाउन थाल्यो, पहिलो चरणमा ५ करोड डोज पठाउँदै

डिसी नेपाल
२८ भदौ २०७७ १३:३४

काठमाडौं। रुसले आफ्नो देशमा भ्याक्सिन दिने कार्यक्रम सुरु गरेसँगै अब कोरोना भ्याक्सिन विदेश पनि पठाउन थालेको छ । सबैभन्दा पहिले रुसले ५ करोड डोज भ्याक्सिन ब्राजिल पठाउने भएको छ । रुसी मिडिया रसिया टुडेमा प्रकाशित रिपोर्टका अनुसार रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआइएफ)ले नोभेम्बरमा स्पुतनिक भी भ्याक्सिनको डेलिभरी सुरु हुने बताएको छ ।

ब्राजिलका नियामकबाट अन्तिम स्वीकृति प्राप्त हुन भने अझे बाँकी छ । ब्राजिल कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये एक हो । ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ४३ लाखभन्दा बढी भइसकेको छ । १ लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कूल मृत्युको हिसाबमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ । कूल संक्रमितको मामिलामा ब्राजिल अमेरिका र भारतपछि तेस्रो स्थानमा छ ।

अहिले रुसको कोरोना भ्याक्सिनको लागि ब्राजिलको बहिया राज्यले सम्झौता गरेको हो तर निकट भविष्यमा राष्ट्रिय स्तरकै सम्झौता हुने अपेक्षा गरिएको छ । कैयौं देशहरुले यो भ्याक्सिनको आलोचना गरेपछि रुसले फेरि पनि यो भ्याक्सिन सुरक्षित भएको बताएको छ । रुसले आफूसँग भ्याक्सिन निर्माणको संरचना पहिलेदेखि नै भएकोले यो भ्याक्सिन छिटो विकास भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *