काेराेना संक्रमितकाे संख्या ५५ हजार नाघ्याे

डिसी नेपाल
२९ भदौ २०७७ १६:३८

काठमाडौं। नेपालमा सोमबार थप १ हजार १ सय ९० जना कोरोनाका संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ७८मा गरिएको पीसीआर परीक्षणबाट १ हजार १७० संक्रमितहरु थपिएका हुन्। याे संगै काेराेना संक्रमितकाे संख्या ५५ हजार नाघेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार हालसम्म १७८ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २९ जनाको भेन्टिलेटमा राखेर उपचार भइरहेको छ।

यस्तै गत २४ घण्टामा ८ सय ७९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। नेपालमा कोरोना निको हुनेमा ७१ दशमलब ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण मुक्त हुनेमा प्रदेश १ मा ३ हजार ८ सय ८५, प्रदेश २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९, गण्डकी प्रदेशमा २ हजार २ सय ७०, प्रदेश ५ मा ६ हजार ५ सय, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ लाख ५१ हजार ४ सय बढीको पीसीआर प्रविधिबाट परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *