माछा मार्न गएका युवक बेपत्ता

डिसी नेपाल
२९ भदौ २०७७ १७:०४

बर्दिया। बर्दियाको बबई नदीमा माछा मार्न गएका एक युवकलाई नदीले बगाउँदा बेपत्ता भएका छन् ।

बारबर्दिया नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरी आइतबार बबई नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई नदीले बगाएको बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहितको टोलीले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *