आमाको हत्या गर्ने छोरा प्रहरी फन्दामा

डिसी नेपाल
२९ भदौ २०७७ १७:११

झापा। झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए ।

उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *