प्रदेश १ मा ८७ सङ्क्रमित थपिए

डिसी नेपाल
२९ भदौ २०७७ २०:१२

विराटनगर। प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ८७ कोरोना सङक्रमित थपिएका छन् । तीमध्ये १५ महिला र ७२ पुरुष छन् । थपिएकामा मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमा मोरङको कटहरीमा महिला आठ र १३ पुरुष, विराटनगरमा एक महिला, १३ पुरुष, बुढीगङ्गामा पाँच महिला र आठ पुरुष, ग्रामथानमा दुई महिला र पाँच पुरुष, रतुवामाईमा तीन पुरुष, जहदामा एक पुरुष र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा एक महिला र १३ पुरुष, धरानमा दुई महिला र दुई पुरुष, इटहरीमा दुई, भोक्राहानरसिंहमा दुई, दुहवीमा एक र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको छ ।

यस्तै झापाको कमलगाउँपालिकामा एक महिला र एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष तथा प्रदेश बाहिरका पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा चार हजार ८२९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । अहिलेसम्ममा दुई हजार ७८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ४८४ जना सहित हालसम्ममा एक लाख नौ हजार १६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *