नदीमा बेपत्तामध्ये एकको शव फेला

डिसी नेपाल
२९ भदौ २०७७ २१:२८

बर्दिया। बबई नदीमा एक जनाको शव आज फेला परेको छ । आइतबार रातिदेखि बेपत्ता बारबर्दिया वडा नं १ बस्ने विनोद चौधरीको शव गुलरियाको भादा नदीमा फेला परेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

माछा मार्न गएका बेला बबई नदीमा डुवेर उनी बेपत्ता भएका थिए । यही भदौ २७ गते बबईमा नुहाउने क्रममा बेपत्ता भएका गुलरिया नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय शनि थारुको अवस्था भने अझै अज्ञात छ । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *