विश्वभर कोरोनाः एकै दिनमा थपिए २ लाख ७६ हजार, सबैभन्दा बढी भारतमा

डिसी नेपाल
३१ भदौ २०७७ ७:०५

काठमाडौं। विश्वभर एकैदिन २ लाख ७६ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै कोरोना संक्रमित हुनेको संख्या २ करोड ९७ लाख १५ हजार ५ सय बढी पुगेको छ।

गत २४ घण्टामा थपिएका २ लाख ९७ हजार मध्ये सबैभन्दा बढी भारतमा ९१ हजार १ सय बढी कोरोनाका संक्रमितहरु थपिएका हुन। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ५० लाख १८ हजार बढी रहेको छ। भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ हजार बढी पुगेको छ। गत २४ घण्टामा मात्र एक हजार २ सय बढी संक्रमितको मृत्यु भएको छ।

भारतपछि सबैभन्दा बढी कोरोना संक्रमित हुनेको संख्या अमेरिकामा रहेको छ। अमेरिकामा गत २४ घण्टामा ३६ हजार बढी कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित हुनेको संख्या ६७ लाख ८७ हजार ७ सय बढी रहेको छ। अमेरिकामा कोरोनाका कारण २ लाख बढीले ज्यान गुमाएका छन। गत २४ घण्टामा मात्र अमेरिकामा १ हजार १ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन।

ब्राजिलमा पनि कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ८४ हजार पुगेको छ। गत २४ घण्टामा ३४ हजार ७ सय बढी कोरोना संक्रमित थपिएका छन्। ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि १ लाख ३३ हजार २ सय बढी रहेको छ।

यस्तै, अर्जेन्टीनमा ११ हजार बढी संक्रमित थपिएका छन्। स्पेनमा ९ हजार ४ सय बढी संक्रमित थपिएका छन्। फ्रान्समा ७ हजार ८ सय बढी, कोलोम्बीयमा ६ हजार ६ सय बढी, रसियामा ५ हजार बढी, इराक, पेरु र इजराईलमा ४ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *