साहित्यकार पन्तलाई पुरस्कार, गौतमलाई अभिनन्दन

डिसी नेपाल
३१ भदौ २०७७ ११:२०

अमेरिका। यस वर्षको ‘राजमित्र स्मृति पुरस्कार’ साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ। संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुन रहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो।

यसैगरी मुर्चुंगा एवं सारंगी वादक सुशील गौतमलाई अभिनन्दिन गर्ने भएको छ। साहित्यकार सुशील नेपाल र ईश्वरी नेपालद्वारा स्थापित राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई बिगत पाँच वर्षदेखि नगद र प्रमाणपत्रद्वारा सम्मान गर्दै आएकाे छ।

उक्त पुरस्कारबाट साहित्यकार भारती गौतम, दीनेश राजभण्डारी , गोवर्द्धन पूजा, लालगोपाल सुवेदी र दीपा राई पुन सम्मानित भइसकेका छन् भने लोक गायक मीन केसी र सारंगी वादक श्याम नेपालीलाई अभिनिन्दत भइसकेका छन्।

कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख आइतबार १० बजे बिहान ज़ूम भर्चुअलबाट गरिने आयाेजनकले जनाएकाे छ।  संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिकाभित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकारलाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिने भएको छ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एनआईएन भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुन् भने उनका गीति एल्वम लगायत फुर्लुंग (उपन्यास) नवोल्नेहरू (कथा संग्रह) र मुन्द्री (कथा संग्रह) प्रकाशित छन्।

साहित्यकार सुशील नेपालका माता पिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आजसम्मका कार्यक्रमहरुलाई समेटेर स्मारिका छिटै प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *