हिमाल चढ्न नेपाल आए बहराइनका राजकुमार

डिसी नेपाल
३१ भदौ २०७७ १२:१८

काठमाडौं। बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली हिमाल आरोहणका लागि बुधबार नेपाल आएको छ।। टोलीमा १५ जना बहराइनका र ३ जना बेलायती रहेका छन्। राजकुमार नासिरले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन्।

कोरोना महामारीका कारण रोकिएको हिमाल आरोहण राजकुमार नासिरका लागि खोलिएको हो। सरकारले राजकुमार नासिरलाई हिमाल आरोहणका लागि अनुमति दिने निर्णय यसअघि नै गरेको थियो।

पर्यटन विभागका अनुसार टोलीका सदस्य बहरानको सैनिकसँग आबद्ध छन्। राजकुमार आफैं पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमान्डर हुन्।

राजकुमार नासिरको यो नेपाल भ्रमण निजी भ्रमण भएकाले कुनै औपचारिक भेटवार्ताको कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रका प्रवक्ता भरतराज पौडेलले राजकुमार भ्रमण निजी भएकाले नेपाल सरकारको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम तय नगरिएको बताए।

चार्डर्ट उडानमार्फत नेपाल उड्ने बहराइनी राजकुमारको टोलीलाई बहराइनस्थित नेपाली राजदूतासको टोलीले विदाई गरेको थियो। बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले उनलाई विदाई गरेको थियो।

राजदूत सुन्दासले राजकुमार नासिरले हिमाल चढने कार्यक्रम रहेको जनाए।

तस्वीर सौजन्य : नेपाली दूतावास (मान्मा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *