नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध
फाइल फाेटाे
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ। पहिरो खस्न रोकीए सँगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन्। बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ वजेबाट सडक एक तर्फी सञ्चालनमा ल्याईएको थियो । सो सडकमा सोमबार राति देखि पटक पटक पहिरो खस्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment