नेपालमा कोरोनाबाट हुने मृत्युदर ०.६४ प्रतिशत

डिसी नेपाल
१ असोज २०७७ १६:५१

काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको प्रतिशत ०.६४ रहेको छ। जम्मा कोरोनाका संक्रमितहरु ५९ हजार ५ सय ७३ पुगेपछि ज्यान गुमाउनेको संख्या ३ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार गत २४ घण्टामा मात्र ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८३ पुगेको हो।

गत २४ घण्टामा प्रदेश १ को मोरङमा ६४ वर्षीया महिला, बागमती प्रदेशको काठमाडौंमा ८७ वर्षीय पुरुष, चितवनका ३६ वर्षीया महिला र सुदूरपश्चिमको कैलालीका ५७ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *