संसद बैठक चलिरहेका बेला सांसदले मोबाइलमा अश्लील भिडियो हेर्न थालेपछि…

डिसी नेपाल
२ असोज २०७७ १४:३६

काठमाडौं। संसद बैठक चलिरहेका बेला एक जना सांसद बैठककै बीचमा आफ्नो मोवाइलमा अश्लील भिडियो हेर्दै गरेको अवस्थामा समाथिएपछि थाइल्याण्डमा हंगामा भएको छ । यहाँ बिहीबार संसदमा बैठक पेश भइरहेको थियो । यस क्रममा एक सांसद आफ्नो मोवाइलमा पोर्न हेर्दै गर्दा रंगेहात समातिएका हुन् । सांसदको नाम रोनाथेप अनुवत हो ।

पोर्न हेर्दै गर्दामा उनका कैयौं तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । बताइएअनुसार संसदमा बजेट सत्र चलिरहेका बेला रोनाथेप अनुवतले आफ्नो मोवाइल निकाले र अचानक त्यसलाई टेबलमुनि राखेर केही हेर्न थाले । उनको यो क्रियाकलाप पत्रकारको नजरमा पर्यो । क्यामेरापर्सनले उनका केही तस्वीर पनि खिचे । जूम गरेर खिचिएका तस्वीरमा सांसद रोनाथेपले आफ्नो मोवाइलमा पोर्न हेरिरहेको प्रस्ट देखियो ।

डेलीमेलको रिपोर्टअनुसार यो घटनाले हंगामा मच्चिएपछि सांसद रोनाथेपले सफाइ दिएका छन् । उनले आफूलाई एउटा म्यासेज आएको जसमा एक युवतीको नग्न तस्वीर भएको बताएका छन् । सुरुमा उनलाई लाग्यो कि कुनै गुण्डाले युवतीसँग जबरजस्ती गरिरहेको छ । तर, पछि उनले सुने कि ती युवतीले पैसा मागिरहेकी छिन् । त्यसपछि आफूले फोटो डिलिट गरेको उनले सफाइमा बताएका छन् । सरकारी अधिकारीले उनलाई यस विषयमा औपचारिक पत्र लेख्दै स्पष्टीकरण मागेको छ ।

संसदका सभामुख चुआन लिकपाइने भने यो घटना व्यक्तिगत भएको बताएका छन् । उनले मोवाइल बैठक कक्षमा प्रयोग गर्न पाइने कि नपाइने भन्ने कुनै नियम नभएको बताउँदै फोनमा कसले के हेरिरहेको छ भन्ने व्यक्तिगत विषय भएको बताएका छन् । सांसद रोनाथेपविरुद्ध कुनै उजुरी दर्ता गरिएको छैन । थाइल्याण्डको संसदमा यस किसिमको घटना भएको यो पहिलो पटक भने होइन । २०१२ मा पनि सांसद नाट ब्यानटेडटन पनि संसदमा पोर्न फिल्म हेरिरहेका बेला समातिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *