नेपालमा रेल आइपुगेपछि भारतीय रेलमन्त्रीले भने ‘नेपाललाई रेल दियौं’
काठमाडौं। शुक्रबार जनकपुर आइपुगेको डिजेल इन्जिन भएको रेल नेपालले किनेको रेल हो। भारतको सरकारी कम्पनीले बनाएको रेल चेन्नईमा बनेर शुक्रबार नेपाल आइपुगेको छ। सो रेल ८४ करोड रुपैयाँमा किनिएको नेपाल सरकारले जनाएको छ।
तर, भारतका रेलमन्त्रीको ट्वीट भने रेल नेपाललाई ‘उपहार’ दिए जस्तो आएको छ। भारतीय रेलमन्त्री पियुस गोयलले लेखेका छन्, ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक र सौहार्द्रपूर्ण रहेको छ। आफ्नो यही सम्बन्धलाई नयाँ आयम दिँदै रेलवेद्वारा नेपाललाई २ DEMU ट्रेन सेट दिइएको छ। यसको उपयोग जयनगर बिहारदेखि कुर्था, नेपालसम्मको यात्रा गरिने छ। जसले दुबै देशका नागरिकलाई लाभ हुनेछ।’
नेपाल के साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं। अपने इसी संबधों को नया आयाम देते हुए रेलवे द्वारा नेपाल को 2 DEMU ट्रेन सेट दिये गये।
इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपाल तक की रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशों के नागरिकों को लाभ होगा। pic.twitter.com/qsDD3CmdrX
— Piyush Goyal (@PiyushGoyal) September 18, 2020
No ads found for this position


डिसी नेपाल
Facebook Comment