कालिमाटीमा २० दिन यता १६६ प्रतिशत तरकारीको मूल्य वृद्धि

डिसी नेपाल
४ असोज २०७७ १२:१३

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूची हेर्दा २० दिन यता १६६ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि भएको पाइएको छ। बजार विकास समितिले जारी गरेको मूल्य सूची अनुसार गत भदौ १६ गतेपछि हालसम्म प्याजमा १६६ प्रतिशत मूल्यवृद्धि भएको पाइएको हो।

गत भदौ १६ गत ४२ रुपैयाँ प्रतिकेजी थोकका दरले बिक्री वितरण भएको प्याज असोज ४ गते ११२ रुपैयाँ थोकमा बिक्री विरतरण भइररहेकोछ। थोकमा ११२ रुपैयाँमा बिक्री वितरण पनि खुद्रामा कालिमाटी भित्रकै अर्कोबजारमा १४० रुपैयाँ प्रतिकेजीमा उपभोक्ताले खरिद गर्दै आएका छन्।

थोक बजारमा न्यूनतम ५ केजी उठाउनु पर्ने भएपछि कालिमाटी पुगेर १ सय ४० रुपैयाँ तिरेर प्याज खरिद गरेको बानेश्वर निवासी साजन दाहालले बताए। उनले भने, ‘कालिमाटीमा तरकारीको मूल्य सस्तो हुन्छ भनेर आइयो।

आखिर नयाँ बानेश्वर र कालीमाटीको तरकारीको मूल्यमा केही फरक पाइएन।’ उनीसँगै रहेका अर्का एकजना ग्राहकले पनि मुडेको आलु कपनमा २ सय ३० रुपैयाँ धार्नीमा किनेको बताए। तर, कालिमाटीको तरकारी बजारमा भने मुडेको आलुको प्रतिधार्नी २ सय ४० रुपैयाँ रहेको उनले सुनाए।

कालिमाटी तरकारी तथा फलफूलबजारमा भएको थोक तथा फुटकर बिक्री केन्द्रमा धेरै असमानता भएको पाइएको उनीहरुले सुनाए। उनीहरुका अनुसार तरकारी सस्तो पाउँने अपेक्षामा कालिमाटी पुगेका उपभोक्ता ठगीने गरेका छन्।

प्याज पनि सानो गोलभेडामा पनि ८३ प्रतिशत मूल्यमा वृद्धि भएको पाइएको छ। यस्तै मूल्य वृद्धि हुने अरु तरकारीहरुमा टनेलको सानो गोडभडामा ४४ प्रतिशत, रातो आलुमा ४० प्रतिशत, मुडेको आलुमा २९प्रतिशत मूल्यवृद्धि भएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।

यस्तै तिते करेलामा ९० प्रतिशत, हरियो तरभुजामा ७२ प्रतिशत, हरियो लसुन ५६ प्रतिशत, माछे हरियो खुर्सानीमा ९८ प्रतिशत बुलेट हरियो खुर्सानीमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको पाइएको छ। इमली, तामा र गुन्द्रुक भने २० दिन यता नै समाज मूल्यमा किनबेच भएको छ।

यसरी स्थिर मूल्यमा कारोबार हुने केरा, स्याउ, हरियो प्याज, मुला, गाजर र माछाका प्रकारहरुरहेका छन्। सबैभन्दा बढी स्कुसको मूल्य ५२ प्रतिशतले घटेको समितिको तथ्यांकमा देखाइएको छ।

गत भदौ १६ गते ३८ रुपैयाँ प्रतिकेजी थोकमा खरिद बिक्री भएको स्कुस असोज ४मा पुग्दा १८ रुपैयाँ प्रतिकेजी थोकमा बिक्री वितरण भएको पाइएको छ। यस्तै घिउसिमी लोकल १७ प्रतिशत, भटमास कोसा २९ प्रतिशत, हरियो फर्सी  ४ प्रतिशत र काउली स्थानीय २४ प्रतिशतले मूल्यमा गिरावट आएको समितिको तथ्यांकमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *