काठमाडौं उपत्यकामा थपिए ७६७ संक्रमित, ६ जनाको मृत्यु

डिसी नेपाल
४ असोज २०७७ १६:३७

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा ३०५ महिला र ४६२ पुरुष गरी थप ७६७ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६०२ (२३० महिला, ३७२पुरुष), भक्तपुरमा १०१ (४१ महिला, ६० पुरुष) ललितपुरमा ६४ (३४ महिला, ३० पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ८२ वर्षिय पुरुष तथा ४०, ६० र ६३ वर्षिया ३ महिला रहेका छन्। यस्तै ललितपुरकी ७५ वर्षिया दुई महिला र भक्तपुरकी ७२ वर्षिया महिलाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *