मापदण्ड बिपरित संचालित ४ क्रसर शिल 

डिसी नेपाल
५ असोज २०७७ ७:५४

नुवाकाेट। आइतबार जिल्लाको लिखु, तादी र पंञ्चकन्या गाउँपालिकामा मापदण्ड विपरित संचालनमा रहेका ४ क्रसर उद्योगलाई बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शिल हुनेहरुमा लिखु गाउँपालिका ४ मा रहेको क्षेत्रपाल क्रसर उद्योग प्रालि , तादी गाउपालिका १ मा रहेको सुर्य कुण्ड रोडा ढुङ्गा उद्योग प्रा लि, साथै तादी ३ कै दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि र पंञ्चकन्या गाउँपालिका २ मा रहेको नेस्नल लाइभ एण्ड स्टोन कम्पनी प्रालि रहेका छन्।

साथै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलीले तादी खोलाको किनारमा संञ्चालित क्रसरहरु अनुगमन गर्ने क्रममा शुक्रबार पनि विदुर नगरपालिका वडा नं ५ मा मापदण्ड बिपरित संञ्चालित बर्ड स्टोन क्रसर उद्योग प्रालिलाई शिल गरि सकेको छ।

सर्बोच्च अदालतको आदेश अनुरुप जिल्लाको तादी र त्रिशुली नदिको किनारमा रहेको क्रसर उद्योगहरु प्रचलित कानुन र मापदण्ड अनुरुप संञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत रुपमा निरीक्षण गरी मापदण्ड बिपरित संञ्चालन भएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल बन्द गराउने निर्देशन अनुसार उक्त क्रसरहरुलाई शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लामा केही महिना अगाडि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र केही दिन अघि मात्र आएका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक तुलबहादुर कार्की आएसँगै जिल्लामा मापदण्ड विपरित संचालनमा रहेका क्रसरहरु नियन्त्रणमा आउन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *