विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेटिने

डिसी नेपाल
५ असोज २०७७ ११:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्दै सम्पन्न भएको हो ।

३ दिनसम्म चलेको सम्मेलनले घोषणापत्र माथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवाल व्यक्तिहरुले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणा पत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा. संजिव सापकोटाले बताए।

‘धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नोे अभिव्यक्ति दिएका छन् । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ,’ डा. सापकोटाले भने।

घोषणा पत्रले विश्वभरी छरिएर रहका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा. सापकोटाले उल्लेख गरे । दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणा पत्रमा डाक्टर, नर्स, फिजिसियन लगायत विश्वभरी छरिएर रहेका सबै स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारी लगायत विषय समेत घोषणा पत्रले समेटेको छ।

घोषणा पत्रले नेपाली नर्सहरु, तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निमार्णमा जोड दिएको छ । जडिबुटिजन्य औषधीको उत्पादन तथा विकासमा जोड दिइएको छ। त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्य लगायत विषय घोषणा पत्रमा समावेश गरिएको छ। प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापन लगायत विषय घोषणा पत्रमा समेटिएका छन्।

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुन समेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तराष्टिय, सरकारी, गैरसरकारी, स्थानीय निकाय लगायत सबैसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ।

कार्यक्रमको समापनसत्रमा डा. दिनेश ज्ञवाली, डा चन्द चटउत (सिकागो), डा भूपेश खड्का, डा.कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधाराज सुवेदी पोल्याण्ड, डा. सुरज थापा (नर्वे), डा निकिता पाठक, डा. लक्ष्मण पोख्रेल, डा.रमेश खोजु, डा. सरिता भट्टराई, डा. इशान अधिकारी, डा.सुनिल शाह, डा. भुपेन्द्र खड्का, डा. नवराज केसी, डा. निस्हिता पाठक, डा. ड्रोना रसाइली (क्यानडा), डा. सरोज निरौला (क्यानडा) , डा. पुरु श्रेष्ठलगायतले आफ्नोे धारणा प्रस्तुत गरेका थिए।

त्यस्तै एनआरएनए आइसीसीका को–चेयर सत्यनारायण चौधरी, यस्मिन बेगम सइद, मन्जु संगौला, एकनाथ खतिवडा, किरन सापकोटा, दोना पाण्डे , रजनी प्रधान, गोविन्द श्रेष्ठ (सिकागो), जनक बराल, मुकुन्द केसी प्रोफेसर (साउथ अफ्रिका), सुन्दरी लामा (नर्स स्पेन), विमला सापकोटा एनआरएनए युथ कोअर्डिनेटर लगायतले आफ्नोे धारणा राखेका थिए।

३ दिनको सम्मेलनबाट जारी घोषणा पत्र काजगमा मात्रै सिमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो । यसमा सरकारको भूमिका कम देखिकाले सरकारलाई पनि घचघच्याउँदै जानुपर्ने विचार अधिकांशले ब्यक्त गरेका थिए।

दोस्रो विश्व स्वासथ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २ सयभन्दा बढी स्वास्थ्यकर्मी, सरोेकारवाला तथा विज्ञहरुको सहभागिता थियो। ५० भन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राख्नु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *