आइपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात

डिसी नेपाल
७ असोज २०७७ ६:४२

एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रह्यो। राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछी सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो ।

मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको सझेदरी गरेका थिए । वाटसनलाई लेग स्पिनर टेवाटियाले बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाटसन्ले २१ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडे । अर्को ओभरमा विजय पनि २१ बलमा २१ रन जोड्दै आउट भए ।

लगभग हारको नजिक ब्याटिङ गर्न आएका धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *