धरानमा पनि इसेवाबाट कर तिर्न सकिने

डिसी नेपाल
७ असोज २०७७ १५:२९

काठमाडौ । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

योसँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सक्ने भएका छन ।

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ। इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिनेछ ।

इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने ‘ स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ ’ ।

नगरबासीले दुई तरिकाबाट इसेवा मार्फत भुक्तानी गर्न सक्नेछन । नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ।

धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *