भूगोल साहित्य समाजको प्रथम वार्षिकोत्सवमा कविता वाचन

डिसी नेपाल
८ असोज २०७७ ७:१९

काठमाडौं। भूगोल साहित्य समाज काठमाडौले आफ्नो प्रथम वार्षिकोत्सव भर्चुअल रुपमा रचना वाचन एवं वधाई तथा शुभकामना साटासाट गर्दै मनाएको छ।

कार्यक्रममा कविहरु विनोद नेपालले खल्ती, दिनेश विक्रम थापाले फूलको चिहान, शैलेन्द्र कुमार शाहले तक्मा, नवराज पुडासैनीले पीडाभित्र ,मुकुन्द अर्यालले जय नेपाल लालसलाम, गुप्तवहादुर रानाले मोनालिसा,हरिश्चन्द्र गौतमले सुरक्षा शीर्षकका वर्तमान कालखण्डका असहजता र विसंगतीहरु प्रतिविम्वित समसामयिक रचना वाचन गरेका थिए।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष नेपालले असहज परिस्थितिकै बिच पनि समाजले एक वर्षको अवधिमा सातवटा कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्नु र एउटा पुस्तक समेत प्रकाशन गर्न सक्नु सुखद उपलब्धि रहेको भन्दै यस अवधिमा समाजलाई सहयोग गर्ने सद्भाव देखाउने सवैप्रति हार्दिक आभार प्रकट गरे।

स्मरण रहोस् , राष्ट्रिय वाणिज्य वैंकवाट सेवा निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरुको सक्रियतामा सिर्जनशील स्वतन्त्र साहित्यिक सृजना मार्फत नेपाली भाषा साहित्यको श्रीवृध्दिमा योगदान पु ¥याउने उद्देश्यले गत २०७६ असोज ६ गते भूगोल साहित्य समाजको विधिवत स्थापना भएको थियो।

समाजले यस अवधिमा शताव्दीपुरुषद्वय राष्ट्रकवि स्व.माधव प्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी लगायतका साहित्यक हस्तीहरुलाई निवासमै गई अभिनन्दन गर्नुका साथै हरेक २ महिनामा रचना वाचन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *