स्याङ्जाकाे वालिङमा पहिरोमा पुरिएर नाै जनाकाे मृत्यु
फाइल तस्विर
वालिङ। पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा नाै जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको हाे।
वालिङ-१४ तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।
एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन्। माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment