प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५९ को मृत्यु

डिसी नेपाल
८ असोज २०७७ १८:१५

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहीबार १ सय १४ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ६ हजार ६४ जना पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । ।

बिहीबार मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् ।

मोरङको बुढीगंगामा २ महिला ४ पुरुष, सुन्दरहरैचामा २ महिला २ पुरुष, कटहरीमा २ पुरुष, पथरीशनिश्चरेमा १ महिला , सुनबर्षी र धनपालथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४ महिला ९ पुरुष, दुहवीमा १ महिला ६ पुरुष, इटहरीमा १ पुरुष, झापाको विर्तामोडमा २ पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा १–१ पुरुष, उदयपुर र प्रदेश १ बाहिरका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमित मध्ये २ हजार ६१८ संक्रमण मुक्त भएका छन् । संक्रमणका कारण ५९ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा हालसम्म १ लाख १९ हजार ४९० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।Covid-19_update_20770608 Covid-19_update_20770608 (1)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *