रारा खत्याड जलाधार क्षेत्र संरक्षणमा स्थानिय सकृय हुदै

डिसी नेपाल
९ असोज २०७७ १६:१९

मुगु । नेपाल कै ठुलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आस पासका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा सकृय हुदै गएका छन् ।
रारा ताल,र यो क्षेत्रमा रहेका वनजंगल,वन्यजन्तु,चराचुरङ्गी र जलचर प्राणी र आफुहरु विच जिवन यापनका विभिन्न आयाम विच कहि न कहि सम्वन्ध रहेको शिक्षा पाउन थालेपछि यी सबैको संरक्षणका लागी स्थानियहरु संगठित हुदै गएका हुन थालेका हुन् ।

सदियौ देखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरुको उपभोग गदै आएका यहाँका स्थानियहरु यो क्षेत्रमा रहेका महत्वपुर्ण जलचर र वन्यजन्तु तथा रुखविरुवाको विरुद्धकाकृयाकलाप गदै आएका थिए ।

वनमा पासो हालेर वन्यजन्तु मार्ने,ताल तथा खोलामा बल्छि हालेर माछा मार्ने र जंगल कटान गर्ने जस्ता प्रकृती विरुद्धका कृयाकलाप गर्दा प्राकृतिक सौदर्यमा हा्रस आउने,वन्यजन्तु,चरा,जलचर र थलचरहरु लोभ हुदै जाने आवस्थाको सृजना हुने अवस्था थियो ।

प्राकृतिक सम्पदा संरक्षण र यिनीहरु संगको हामो्र सम्वन्ध र आवश्यकता बारे शिक्षा नपाउदा पनि स्थानियहरु यी कार्य गर्न बाध्य थिए ।

पछिल्लो समयमा युएस एडको पानी परियोजनाको आर्थिक सहयोगमा स्थानिय साझेदार सस्था कर्णाली सामुदायिक विकास केन्द्र(केसिडिसी) मुगुले रारा खत्याड जलाधार क्षेत्रमा जैविक विविधता सम्व्रद्धन,प्राकृतिक सो्रत साधनको संरक्षण,उपभोग,आवश्यकता र सम्वन्ध बारे जनचेतना दिन थालेपछि स्थानियहरु जलाधार क्षेत्रको संरक्षणमा जुटदै गएका छन् ।

जलाधार क्षेत्रमा पर्ने लामाचौर,ताल्च,झयारी,मुर्मा र निगालीभोट बस्तिमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समुहहरु गठन गरिएका छन ।

ति समुहका सदस्स्यहरु हप्ताको १ चोटी आफनो क्षेत्रमा पर्ने जलाधार क्षेत्र ,मध्यवती र निकुन्ज सिमानासम्म गस्ति गर्ने गर्दछन् ।

विगतमा जानी नजानी चोरी सिकारी गरेपनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाईने जलचरहरुको कसैले चोरी सिकारी नगरोस र यहाँका महत्वपुर्ण,लोपन्मुख जडिवुटी,वन्यजन्तु र वनजंगलको संरक्षण होस भनेर हप्तामा १ दिन गस्ति गर्ने र यस्तो कार्य गर्ने काहि भेटिए कानुन अनुसार कारवाहिका लागी रारा राष्ट्रिय निकुन्जमा बुझाउने ताल्च चोरी सिकारी नियन्त्रण समुहका अध्यक्ष दिपेन्द्र भाम बताए ।

चोरी सिकारी नियन्त्रणका साथै निकुन्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने,वन्यजन्तु संरक्षण,वनजंगल संरक्षण,ताल संरक्षण र हामो्र आनीबानीबाट जलाधार क्षेत्रमा रहेका जलचर र वनजंगलमा रहेका बोटविरुवा वन्यजन्तुलाई पर्ने असर बारे पनि सचेतना दिने काम समुहको रहेको झयारी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समुहका अध्यक्ष विष्णु रावलले बताए ।

जलाधार क्षेत्रका आसपासमा रहेका बस्तिहरुमा महिनै पिच्छे स्थानियहरुको सहभागीताामा बैठक बस्ने गरेको र सो बैठकमा महिना भरी भए गरेका कामको प्रगती,आईपरेका समस्या र समाधानका उपाय बारे छलफल हुने गरेको केसिडिसी मुगुका कार्यक्रम संयोजक हरि बहादुर शाहीले बताए ।

आफुहरु र आफना कर्मचारीहरुले समुहका काम कारवाहिमा सहजीकरण गर्ने मात्र हो सबै कृयाकलाप स्थानिय आफैले गर्छन,यो अवधीमा समुहहरुले रारा ताल वरिपरी र जलाधार क्षेत्रमा सरसफाई गर्ने,गस्ति गर्ने,वृक्षारोपण गर्ने कार्य गरिरहेका छन्। अबको केहि दिनमा संरक्षण सम्वन्धी होडिङ्ग बोर्ड राख्ने,मुहान संरक्षण गर्ने जस्ता कार्य गर्ने पनि कार्यक्रम संयोजक शाहीले बताए ।

रारा राष्ट्रिय निकुन्जको अविभावकत्व,युएस एडको आथर््िाक सहयोग र स्थानिय केसिडिसी मुगुको सहजीकरणमा रारा खत्याड जलाधार क्षेत्रमा पानी परियोजनाले संरक्षण र जनचेतना मुलक कार्यक्रम गदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *