शायद अन्तिम सत्य !

‘अंकल बस्तै गर्नुहोस् है, म आज ढिलो भएँ। निस्किहाल्छु।’

आमा, हिँडे है। अंकलसँग अर्कोदिन कुरा गरौंला। मैना हतार गरेर निस्किई।

अंकल परम्परावादी चिन्तन राख्थ्यो, त्यसैले सोच्योः यो अफिस जाने बेला त होइन। अफिस हिडेको शैलीले निस्किई मैना! के हो ? उसले प्रश्नभावले भाउजु तिर हेर्‍याे। किन्तु उसलाई कुनै उत्तर मिलेन ऊ थन्कियो।

स्कूटी पार्क गरी। हेलमेट ऐनामा टेकाई र फटाफट हिँडेर ऊ कार्यालय कक्षमा पुगी। टेबिलमा बसेर लेख्य सामाग्री दुरुस्त पारी।
बूढा मान्छे केही लर्खराएको शैलीले कक्षमा पसे। तुरुन्तै मैनाले सोधी, सर आज ‘केन’ नटेकी आउनु भयो, गाह्रो भयो कि?

‘कहिलेकाँही यस्तै हुन्छ। तल झरे छ । टिप्न सक्दिनँ, त्यसैले। अनि मैनाको टेबिलको बायाँतर्फ सोफमा बस्तै बृद्धले भनेः आज अलिक अर्कै खालको कुरा छ। तिमीलाई असजिलो लाग्ला कि भन्दैछु।

‘लेख्ने कुरा किन असजिलो हुथ्यो र! यो त मेरो काम हो नि! तर म यो देशलाई अर्थात यहाँको माटो, जीवन र संस्कृतिविरुद्ध लेख्न, बोल्न र गर्न नपरोस् भन्ने कामना गर्दछु। त्यो राजनीतिलाई नै छोडौं । त्यस्तो त होइन होला नि!’

‘आजको नीति र व्यवहारले भोलि कस्तो स्थिति जन्माउँछ म त्यसको ऐना देखाइदिन खोज्दैछु। स्वार्थी र गैर राजनीतिक आचरणले राष्ट्रलाई कसरी ध्वंस पार्छ, त्यसैको दिग्दर्शन गराउँछ आजको लेखनले!’
‘कुन विधामा लेखिन्छ यो विषय?’

‘विषय त कथाकै हो, कवितामा पनि प्रवााहित हुन खोज्छ र वैचारिक निबन्धमा पनि। लाग्छ कंनिस्टले प्रजातान्त्रिक संविधान र प्राङ्गणको दुरुपयोग गर्न खोजेको हो। त्रिगुणी शक्तिको हठ दम्भले।’

मेलम्चीको पानीको कफी आइपुग्यो। वृद्ध र मैना कफीमा लागे। एकछिन शुन्य समय चल्यो।
मैनाले कलम कागज समाई, लेख्ने तत्परता देखाई।

‘कोभिड–१९ को बादलभित्र बिजुली र बज्रको भय देखाएर राज्यशक्तिले नागरिकमाथि जुन बर्बरता देखायो त्यो मैले देखेँ। भोलिको कुरा आजै देख्नुको औचित्य के? यसैले म किन्चित पिरोलिएको छु।’

‘कसरी ?’ मैनाले प्रश्न गरी।

‘युवापुस्तालाई त देशबाहिर पुर्‍याएर निस्क्रिय पारे–पारे। नयाँ पुस्तालाई पनि घटाए। प्रजनन् नै समाप्त भएपछि नयाँ पुस्ता र युवा जनशक्ति कसरी तयार होला त?’

कोभिड–१९ को सुई भनेर स्कुलका बच्चाहरुलाई लगायो सरकारले, किन्तु सो भ्याक्सिन थिएन। भ्याक्सिनको नाममा प्रजनन् निरोधक औषधि थियो, मेल र फिमलको फरक फरक । यसबाट न युवती गर्भवती हुनसक्ली न युवक गर्भधान गराउन सक्ने होला । दुवैको बन्ध्याकरण, उराठलाग्दो उपवन।’

‘के राज्यशक्तिकै चाहना हो त यो?’
‘बिल्कुल। यता जनसंख्या घटापछि उताबाट जनशक्ति भित्र्याउने बहाना मिल्छ। खेताला यी। योजना उसको!’
अर्को युवापुस्ता अहिले विदेशबाट फर्कँदै छ। तिनका आमाबाबु र दाजुभाइले तिनका लागि खुकुरी उपहार थुपारिदिएका छन्। अब भन को काटिन्छ?’
‘यो व्यवस्था लाद्ने र जोगाउनेहरु!’

‘हो देशको सम्पत्तिको खोजी हुन्छ। झोले काटिन्छन्। मठाधीश लुटिन्छन्। भोको पेटले शोषक–पीडकको पूजा गर्छ कि बलि चढाउँछ? हिजोको तालिम यस्तै थियो तर अब बलि चढ्छ, जब राष्ट्रको नाममा सम्पत्ति अर्पण गर्दैनन्। यदि इमान्दार भएर सम्पत्ति बुझाए भने आवास र भोजनको कुपन तिनले पाउलान्, छले भने बैकुण्ठ बास गर्न जालान्।’

‘के साच्चै त्यस्तो निर्मम अपराघ गर्छन् र राजनीति गर्ने मानिसहरु?’

‘राजनीति अब व्यवसाय हो, व्यापार हो, जुवा हो, जो अर्काको सम्पत्तिमा गरिन्छ, अर्काको आयु र सीपमाथि गरिन्छ। अर्काको अधिकार र खूवी नष्ट गर्न र आफ्नो पनि गरिन्छ। आजको राजनीति जे पनि गर्छ।

वृद्धले थपेः राजनीति गर्ने व्यक्तिले एउटा खुट्टामात्र आफ्नो देशमा टेकेको हुन्छ। एउटा त उचालेकै हुन्छ, ताकि यहाँ कम्पन आउनासाथ फड्को मार्न सकियोस् । थोरै राजनितिक व्यक्ति देशभक्त हुन्छन्।’

‘अनि ?’ प्रश्नभावले मैनाले हेरी।

वृद्धले भनेः अगिको कुरा छुटेछ। बाँझो गराइएका विद्यार्थीहरुलाई स्वास्थ्य परीक्षण गर्न भनेर प्रयोगशाला पुर्‍याउँछन् र किड्नी झिकिदिन्छन्। त्यसमा असल व्यापार चल्छ। रगत झिक्छन्, त्यसको पनि रकम आउँछ। छोरीहरुको लामो कपाल काटेर लिन्छन्, त्यसको पनि रकम मिल्छ। उनीहरु दीर्घरोगी हुन्छन् र सुताउने औषधि दिएर सुताइन्छ। घाटमा पुर्‍याउन पनि लाभ र पुर्‍याएपछि पनि लाभ–जवसम्म खरानी सकिँदैन।
मैना वृद्धका कुरा सुनेर छक्क परी। अनि खुलेर उसले सोधीः सर कुन देशको अत्याचारको कल्पना गर्नुभएको हो?

‘यसै देशको, तिम्रो देशको कथा हो यो। तिम्रै नेताको, तिमीले चुनावमा भोट हालेर जिताएका र हराएका कथित नेताको योजना कथा हो। द्रव्य आर्जनको उपायमध्ये एक पक्ष हो यो।’

‘कुनै उपायले यस्तो खराब काम रोकिन सक्दैन?’

‘यदि किराँत जातिले सत्ता लियो भने सायद सुधार हुनसक्छ, तर त्यत्रो महान सिंह जातिलाई जनजातिको पिंजडाभित्र हालिदिएका छन्। स्थिति धरापमा छ।’

‘अरु कुनै उपाय?’

‘छ नि उपाय–खुकुरी। खुकुरीको खेल! त्यसैले म त आव्हान गरिहाल्छुः
हे वीर गोरखाली,
अहिले तिमी जहाँ छौ
लाएर धार खुकुरी
मनमा चढेर आऊ
आँधी बनेर आऊ
आगो बनेर आऊ
दुश्मन रहेछ घरमै
खुकुरी नचाई आऊ ।

घरमा पुगेर सोधीः ‘आमा अंकल खै?’

जवानहरु घर फर्कदैछन् रे, उहाँ डराउनु भएको रहेछ। तिमी हिड्यौं, उहाँ पनि गइहाल्नुभो।’

‘डराउनुको कारण ? राजनीति गर्नेले देशमा लूट मच्चाएका हुनाले गिडिनु पर्‍यो भने रुन मिल्छ? गिडाइमा त बिचौलिया ठग र घुसघोर पनि त पर्लान नि! हिसाब खोज्नु अधिकार होइन् र?’

‘तिम्रो अंकल पनि त घेरा बाहिर हुनुहुन्न भन्छन् नि!’

‘कर्मको फल त भोग्नै पर्छ, जस्तो कर्म त्यस्तै फल! अब कसैले कसैलाई काँध थाप्न सक्तैन! आफैं सुध्रनु पर्छ।’

म त एउटै उपाय देख्छुः लुटेको सम्पत्ति राष्ट्रको नाममा बुझाएर क्षमा माग्नुपर्छ। यदि संविधानले अपराध रोक्न सकेन भने त्यस्तालाई कानुनले मर्नबाट जोगाउन सक्छ ? त्यहाँ कानुन नपुग्दै यी मरिसकेका हुनेछन्।
‘अन्तिम सत्य शायद यस्तै निर्मम होला।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो