पाल्पा पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

डिसी नेपाल
१० असोज २०७७ ९:३१

पाल्पा। रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। वर्षाका कारण बिहीबार खोजीकार्य हुन सकेको थिएन।

शुक्रबार बिहानदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासीाको सक्रियतामा खोजीकार्य भएपछि शव भेटिएको हो।

झोक्दी र बेलौजा बीचको जङ्गलमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडकमा पहिरो खस्दा आवतजावतमा समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन डोजरले काम गरे पनि पहिरो खस्नेक्रम नरोकिएका कारण समस्या भएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *