पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८३ नयाँ सङ्क्रमित

डिसी नेपाल
१२ असोज २०७७ १८:२५

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न.१ मा ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ५६ पुरुष छन् ।

थपिएकामा सुनसरीमा ३६, मोरङमा ३० जसमा १६ जना विराटनगरमा, ओखलढुङ्गामा चार, खोटाङ र झापामा दुईदुई, धनकुटा र इलाममा एकएक तथा प्रदेश बाहिर सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमित छ हजार ५ सय १९ मध्ये उपचारपछि दुई हजार ८ सय ६८ घर फर्किसकेका छन् ।

गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ भने आज ९ सय २२ सहित हालसम्म एक लाख २१ हजार ९ सय १२ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *