बाँकेमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७७ १९:०४

नेपालगञ्ज । जाजरकोटको जुनीचाँदी–५ की ७६ वर्षीया कोरोना सङ्क्रमित एक महिलाको बाँकेमा आज मृत्यु भएको छ ।

सिकिस्त बिरामी भएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल पुग्ने क्रममा ती महिलाको बाटामै मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

यही असोज ६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी ती महिलामा केही दिनदेखि पित्तथैलीको समस्या देखिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको समन्वयमा महिलाको शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *