आफ्नै घरको खाट मुनि भेटियो मनमयाको शव

डिसी नेपाल
१२ असोज २०७७ २१:५२

झापा। झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका– १ का ६५ वर्षीया मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *