बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु ः सभामुख सापकोटा

डिसी नेपाल
१३ असोज २०७७ १६:५३

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका सङ्घीय सांसदसँगको आजको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे। उनले आफ्नातर्फबाट समेत विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकलगायत सांसदले सभामुख सापकोटालाई भेटेर बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । सांसदले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *