ग्यास सिलिण्डर विस्फोट पाँचजना घाईते
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सिकोलामा ग्यास सिलिण्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइतेहरुको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ। खाजा बनाउनका लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ। ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment