सप्तरीका एक पुरुषको भक्तपुरमा कोरोनाबाट मृत्यु

डिसी नेपाल
१५ असोज २०७७ १९:५८

भादगाउँ । भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना भएका थिए ।

उपचारका क्रममा उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए । सङक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *