चितवनमा कोरानाबाट पुरुषको मृत्यु

डिसी नेपाल
१५ असोज २०७७ २२:०४

चितवन । चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिइन् ।

उनका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो । मृत्युपछि आएको पिसिआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो संगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु हुनेको सङ्ख्या २१ जना पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *