अनसनरत डाक्टर गोविन्द केसीलाई पूर्वराष्ट्रपति यादवले भेटे (फोटो फिचर)

डिसी नेपाल
१६ असोज २०७७ १३:३४

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा लगायतका माग राखी अनसनमा रहेका डाक्टर गोविन्द केसीलाई पूर्व राष्ट्रपति रामवरण यादवले भेटेका छन । २९ भदौमा जुम्लाको चन्दननाथनगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थालेका उनी काठमाडौं आएको एक साता भईसकेको छ । विश्व अहिंसा दिवसका दिनको अवसरमा पूर्व राष्ट्रपतिले डा. केसीलाई भेटेका हुन ।

भेटका अवसरमा पूर्व राष्ट्रपति यादवले पत्रकारहरुसँगको कुराकानीमा सरकारले डाक्टर केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन । उनले भने, डाक्टर केसीले आमजनताका माग उठाउनुभएको छ। वार्ताबाट सरकारले समाधान खोज्नुपर्छ, । उनले डा. केसीको स्वास्थ्य अवस्था खराब हुदै गएकोले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन । साथै उनले आफ्नो स्वास्थ्य हेरेर डाक्टर केसीलाई अनशन तोड्न आग्रह गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *