कोरोना संक्रमणमा रेकर्डः एकैदिन थपिए २७२२ नयाँ संक्रमित

डिसी नेपाल
१६ असोज २०७७ १६:२५

काठमाडौं । शुक्रबार देशभर २ हजार ७२२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ७२२ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ।

हालसम्म ६० हजार ६९६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ। गत २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८८५ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *