एम्बुलेन्समै ज्यान गुमाए कोरोना संक्रमितले

डिसी नेपाल
१६ असोज २०७७ १७:२८

काठमाडौं। मोरंगमा शुक्रबार दुईजना कोरोना संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ। होम आइसोलेशनमा रहेका मोरंगको इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय पुरुष र सिराहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनीहरु दुबैजनालाई मोरंगको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउन लागिएको थियो।

होम आइसोलेशनमा रहेका इटहरीका वृद्धालाई स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल पुर्याउन लागिएको थियो। तर, उनको मृत्यु बाटोमै भयो। तीन दिनअघि उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *