विश्वमा कोरोना : संक्रमितको संख्या ३ करोड ५० लाख नजिक, १० लाख बढीले ज्यान गुमाए

डिसी नेपाल
१७ असोज २०७७ ६:५९
4
Shares

कोरोना संक्रमणबाट विश्वभरमा करिव ३ करोड ४८ लाख बढी संक्रमित भएका छन। हालसम्म विश्वका २ सय १५ देशमा फैलिएको कोरोना संक्रमणका कारण १० लाख ३२ हजार बढीको ज्यान समेत गएको छ।

गत २४ घण्टामा मात्र विश्वभरमा ३ लाख १४ हजार ३ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ५ हजार ५ सय बढीले ज्यान गुमाएका छन।

अमेरिकामा सबैभन्दा बढी ७५ लाख ४९ हजार २ सय बढी संक्रमित भएका छन्। गत २४ घण्टामा मात्र अमेरिकामा ५१ हजार ३ सय बढी संक्रमितहरु थपिएका छन्। यस्तै ८ सय ६३ जनाको गत २४ घण्टामा कोरोनाका कारण ज्यान गएको छ।

गत २४ घण्टामा भारतमा सबैभन्दा बढी ७९ हजार ७ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ६४ लाख ७१ हजार ७ सय बढी पुगेको छ। भारतमा कोरोनाका कारण १ लाख बढीले ज्यान गुमाएका छन भने गत २४ घण्टामा मात्र १ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन।

भारत र अमेरीकापछि ब्राजिलमा गत २४ घण्टामा ३३ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ब्राजिलमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ लाख ८२ हजार २ सय बढी पुगेको छ। यस्तै ब्राजिलमा १ लाख ४५ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन भने गत २४ घण्टामा मात्र ६सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

यसै गरी गत २४ घण्टामा अर्जेन्टिनामा १४ हजार बढी, फ्रान्समा १२ हजार बढी, रसियामा ९ हजार बढी, यूके र कोलोम्बियामा ६ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *