रुखमुनि बसेर उपन्यास पढ्दै आइडिया सिक्दै १०० भन्दा धेरै युवती फसाउने युवक पक्राउ

डिसी नेपाल
१७ असोज २०७७ १०:५९

काठमाडौं। चर्चित लेखक दुर्जोय दत्ताको उपन्यास ‘वर्ल्डज बेस्ट ब्वाइफ्रेण्ड’ पढेर १०० भन्दा धेरै युवतीलाई फसाएर ब्ल्याकमेल गर्ने एक युवकलाई भारतको उत्तर प्रदेश प्रहरीले पक्राउ गरेको छ । हिन्दूस्तान टाइम्सको रिपोर्टअनुसार यी युवकले रुखमुनि बसेर यो उपन्यास पढ्थे र यसबाट युवती फसाउनको लागि उनीहरुलाई प्रभावित पार्ने कुराहरु सिक्थे । यिनै कुराबाट युवतीहरुलाई आफ्नो प्रभावमा पार्थे र पछि ब्ल्याकमेल गर्थे ।

२८ वर्षका रवि सिंह नामका यी युवकले युवतीहरुसँग पहिले प्रेमपूर्ण कुरा, गर्थे युवती प्रभावित हुँदै गएपछि उनको कुराकानी पनि अश्लील हुँदै जान्थ्यो । अन्ततः पूर्ण रुपमा अश्लील कुरा हुन थालेपछि उनीहरुको अश्लील च्याट र फोटो भाइरल गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्थे । रविलाई पुलिसले उत्तर प्रदेशको ग्रेटर नोएडाबाट पक्राउ गरेको हो । पुलिसले रविको साथबाट २५ फरक फरक कम्पनीका सिमकार्ड, ५ मोवाइल फोन सेट, ९ वटा फेक आइडी, ६ वटा डेबिट कार्ड बरामद गरेको छ । यी सबै सिमकार्ड र फोन उनी युवतीहरुसँग कुरा गर्नको लागि प्रयोग गर्थे ।

आरोपीको साथबाट बरामद फोनमा पुलिसले एक दर्जनभन्दा बढी युवतीका अश्लील फोटो र च्याटको स्क्रिनसट फेला पारेको छ । पक्राउ परेका रविले ग्रेटर नोएडाको सिटी पार्कमा गएर रुखमुनि बसेर चर्चित उपन्यास ‘वर्ल्डज बेस्ट ब्वाइफ्रेण्ड’ पढथे । उनीमाथि १०० युवतीलाई ब्ल्याकमेल गरेको आरोप छ । रवि मूल रुपले एटा जिल्लाको बासिन्दा भएको समाचारमा जनाइएको छ । ग्रटर नोएडाका एडिसनल डेपुटी कमिश्नर अफ पुलिस विशाल पाण्डेका अनुसार बुधबार सिटी पार्कमा एक युवकको शंकास्पद गतिविधिबारे जानकारी पाएपछि पुलिसले उनलाई पक्राउ गरेको हो ।

पाण्डेका अनुसार पुलिस टिम सिटी पार्कमा पुग्दा रविले रुखमुनि बसेर थुप्रै फोनहरुबाट थुप्रै युवतीहरुसँग च्याट गरिरहेका थिए । पुलिसले उनीसँग एउटा डायरी पनि बरामद गरेको छ जसमा ५० भन्दा धेरै युवतीको नम्बर लेखिएको छ । ‘नम्बरको छेउमा लेखिएका नामहरु आनफूले मात्र बुझ्न सक्ने गरी कोडमा लेखिएका थिए । हामीले सोधपुछ गर्दा उसले विगत २ वर्षदेखि युवतीहरुलाई झुटो बोलेर फसाइरहेको बताएको छ’ पाण्डेले भने ।

सिंहले पुलिसलाई बताएअनुसार उनी ग्रयाजुएट हुन् । उनलाई उपन्यासले महिलाले मित्रता र सम्बन्धमा के चाहन्छन् भन्ने बुझ्न सिकाएको छ । उनले उपन्यासका कैयौं डाइलगहरु सामाजिक संजालमा भेटिने युवतीहरुलाई प्रभावित पार्न प्रयोग गर्ने गरेका थिए । पछि उनले ती युवतीहरुलाई फोन गर्थे र उनीहरुबाट पैसा वा यौनजन्य लाभ लिन उनीहरुलाई भेट्ने गर्थे । उनले ती युवतीहरुलाई उनीहरुको च्याट र फोटो भाइरल गरिदिने धम्की दिँदै ब्ल्याकमेल पनि गर्ने गरेका थिए । उनले युवतीहरुलाई ब्ल्याकमेल गरेर उनीहरुको डेबिट कार्ड र क्रेडिट कार्डको नम्बर दिन बाध्य पारेर त्यसबाट अनलाइन सपिङ गर्थे । स्थानीय थाना प्रमुख सुजित उपाध्यायले उनको फोनको जाँचमा उनले सयभन्दा धेरै युवतीलाई यौन र पैसाको लागि ब्ल्याकमेल गरेको पाइएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *