थप २१२० जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

डिसी नेपाल
१७ असोज २०७७ १६:२२

काठमाडौं । शनिबार देशभर २ हजार १२० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार १२० संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको छ।

हालसम्म ६२ हजार ७४० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार १७७ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार१ , ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ। गत २४ घण्टामा १२ हजार ९७८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार २७३ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *