कोरोना संक्रमित ट्रम्पलाई दिइयो मुसाबाट बनेको औषधि

डिसी नेपाल
१७ असोज २०७७ १९:०४
40
Shares

वाशिंटन (एजेन्सी)। कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ट्रायलमा रहेको औषधि दिइएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। शुक्रबार कोरोना पुष्टि भएपछि ट्रम्पलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

बेलायती सञ्चार माध्यम डेलीमेलका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 ओषधि दिइएको छ। हाल ट्रायलमा रहेको सो औषधि सर्वसाधारणका लागि भने उपलब्ध छैन।

तेस्रो चरणको ट्रायलमा रहेको औषधि उनलाई दिइएको जनाइएको छ। यो औषधिले शरीरमा भाइरसको मात्रा घटाउने दावी गरिएको छ। यो औषधि अमेरिकी कम्पनी बनाएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *