सीद्वारा ट्रम्पको स्वास्थ्य लाभको कामना

डिसी नेपाल
१७ असोज २०७७ १९:१८
4
Shares

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्प दम्पतीलाई शुक्रबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । उनिहरू दुबै उपचारका लागि अमेरिकी सैनिक अस्पताल, वाल्टर रिड राष्ट्रिय सैनिक चिकित्सा केन्द्रमा भर्ना भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको सन्देशमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, “अमेरिकी राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानियालाई सङ्क्रमण भएको खबरले हामीलाई दुख लागेको छ । उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।” समाजिक सञ्जालमार्फत् पठाइएको सन्देशमा चिनियाँ राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनले सहानुभूति प्रकट गर्दै ट्रम्प दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शनिबारै उनको स्वास्थ्य लाभको कामना गर्दै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार तथा ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन, पूर्व राष्ट्रपतिहरू बाराक ओबामा, बिल क्लिन्टन, उत्तर कोरियाली नेता किम जोङ अनलगायत दर्जनौँ विश्व नेताहरूले सामाजिक सञ्जालमा सन्देश लेखेका छन् ।

ट्रम्पले केही दिन अस्पतालमा भर्ना भई उपचार गराउने बताइएको छ । यसैबीच ट्रम्पलाई गिलिड साइन्सेस नामक विश्व प्रसिद्ध औषधि कम्पनीले उत्पादन गरेको ‘रेमडेसिभिर’ चलाइएको ह्वाइट हाउसका चिकित्सक सिन कोन्लीले बताएका छन् । उनको उपचारका लागि सैनिक अस्पतालका साथै जोन हकिन्स विश्वविद्यालयबाट आएका विशेषज्ञ टोली खटाइने बताइएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अक्सिजन दिनु नपरेको चिकित्सक कोन्लीले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *