अस्पतालमा के गर्दैछन् ट्रम्प, ह्वाइट हाउसले तस्वीर जारी गर्यो, छोरी इवांकाले सन्देश

डिसी नेपाल
१८ असोज २०७७ १४:५७

काठमाडौं। कोरोनाभाइरस संक्रमण भएपछि शुक्रबारदेखि अस्पतालमा भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालमै बसेर काम गरिरहेको तस्वीरहरु अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसले जारी गरेको छ । ह्वाइट हाउसका जोयस एन बोगोसियनले राष्ट्रपति ट्रम्पका केही तस्वीर सार्वजनिक गरेका छन् ।

ट्रम्प अहिले मेरिल्याण्डको वाल्टर रीड नेशनल मिलिटरी अस्पतालमा उपचार गराइरहेका छन् । राष्ट्रपतिका चिकित्सक नेभी कमाण्डर डा. सीन कोन्लेले यसअघि शनिबार ट्रम्पको स्वासथ्यमा क्रमिक सुधार भएको बताएका थिए । सार्वजनिक गरिएकामध्येको एउटा फोटोमा ट्रम्प यसअघि आफू ठिक भएको भिडियो सन्देश जारी गर्ने क्रममा बसेकै डेस्कमा बसेका देखिएका छन् ।

राष्ट्रपति ट्रम्पकी छोरी तथा सल्लाहकार इवांका ट्रम्पले पनि आफ्ना पिताले अस्पतालबाटै काम गरिरहेको तस्वीर ट्वीट गरेकी छिन् । इवांकाले ट्रम्पलाई अमेरिकी नागरिकको लागि काम गर्न कसैले रोक्न नसक्ने बताएकी छिन् । यद्यपि इवांकाको ट्वीटमा अत्याधिक आलोचना भएको छ । धेरैले ट्रपले काम गरिरहेको भनिएको कागजहरु सबै खाली पाना रहेको भएदै काम गरेको झुटो हल्ला फैलाउन खोजेको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *