साउदी अरेबियाले प्रतिबन्ध हटायो, मक्का मदिनामा तीर्थयात्रीको चहलपहल सुरु

डिसी नेपाल
१८ असोज २०७७ १६:३५

काठमाडौं। साउदी अरेबियाले कोरोनाभाइरस फैलिन नदिने उद्देश्यले लगाएका प्रतिबन्ध हटाएसँगै मक्का मदिनामा तीर्थयात्रीहरुले आइतबार उमराहको लागि इस्लामको सबैभन्दा पवित्र स्थल काबाको परिक्रमा गरे । अल जजीराका अनुसार अहिलेलाई साउदी सरकारले आफ्नो देशका नागरिक र आफ्नो देशमा बस्ने आप्रवासी मुस्लिमहरुको लागि मात्र मक्का मदिना यात्राको अनुमति दिएको छ । संक्रमण रोक्नको लागि साउदी सरकारले मार्च महिनामा उमराह स्थगित गर्ने निर्णय गरेको थियो ।

धार्मिक परम्पराअनुसार विश्वको कुनै पनि मुसलमानले कुनै पनि समयमा उमराह गर्न सक्छन् । उमराह दुई घण्टाभित्र अत्यन्तै छिटो गरिने निकै खतरनाक आध्यात्मिक प्रक्रिया हो । हज र उमराह गर्ने तीर्थयात्रीले काबाको वरिपरी परिक्रमा गर्नुपर्छ । काबाको महत्व यत्ति कुराबाट अनुमान गर्न सकिन्छ कि विश्वका मुसलमान यसको दिशामा पाँच पटक नमाज पढ्छन् ।

पहिलो चरणमा सरकारले प्रतिदिन ६ हजार तीर्थयात्रीलाई मस्जिदमा प्रवेशको अनुमति दिएको छ । प्रत्येक व्यक्तिले ३ घण्टाभित्र तीर्थयात्रा पूरा गर्नुपर्नेछ । मस्जिदमा प्रवेश गर्नको लागि आगन्तुकले अनलाइन आवेदन गर्नुपर्नेछ । सरकारी टेलिभिजनले आइतबार देखाएको फुटेजमा लगभग ५० जनाले काबाको परिक्रमा गरिरहेको देखिएको छ । प्रतिबन्ध खुकुलो पार्ने दोस्रो चरण १८ अक्टोबरदेखि लागू हुनेछ । गृह मन्त्रालयका अनुसार देशबाहिरका मुसलमानले १ नोभेम्बरदेखि उमराहको अनुमति पाउनेछन् ।

विश्वभरीका मुसलमानले वर्षैभरी उमराहको लागि मक्काको यात्रा गर्छन् । मुस्लिम धार्मिक नियमअनुसार उमराह वर्षको कुनै पनि महिनामा गर्न सकिन्छ । हज मन्त्री मोहम्मद बेनटेनले बताएअनुसार यहाँ आउने श्रद्धालुहरुलाई समूहमा बाँडिनेछ ताकि मक्काको मस्जिदमा शारीरिक दूरी कायम रहोस् । साउदी अरब सरकारद्वारा जारी तथ्यांकका अनुसार हज र उमराहबाट साउदी सरकारले १ वर्षमा १२ अर्ब डलर कमाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *