लगातार तेस्रो दिन २ हजारभन्दा धेरै संक्रमित थपिए, चीनलाई पनि उछिन्यो नेपालले

डिसी नेपाल
१८ असोज २०७७ १६:४४

काठमाडौं। चीनको वुहानबाट गत जनवरीमा शुरु भएको कोरोना भाइरस महामारीको संक्रमणमा नेपालले आइतबार चीनलाई पनि उछिनेको छ। लगतार तेस्रो दिन २ हजार भन्दा धेरै संक्रमित थपिँदा नेपालम संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जना नयाँ संक्रमित थपिएका छन्। थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार नाघेको हो। चीनमा भने हालसम्म ८५ हजार ४ सय ५० जना संक्रमित भएका छन्। काठमाडौं उपत्यकामा मात्र १५९९ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो।

आइतबार नेपालमा थप ७ जनाकाने मृत्यु भएको छ। उता चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। नेपाल विश्वमा कोरोना संक्रमित हुने मुलुकहरुको सूचीको ४४ औं स्थानमा पुगेको छ।

नेपालमा हालसम्म ६४ हजार ६९ जना मानिसहरु कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। उनका अनुसार नेपालमा आइतबार १३२५ जना डिस्चार्ज भएका छन्। सक्रिय संक्रमितको संख्या २२२१९ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *